राष्टिय गौरबको खाँदबारी किमाथांका सडकको ब्रेक थ्रु
माघ १४, २०८१ | काठमाडौं
नेपाल, चीन र भारत जोड्ने राष्टिय गौरबको जोगवनी किमाथांका सडक छिचोलिएको छ ।
कोशी राजमार्ग अन्तर्गतको खाँदबारी किमाथांका सडक अन्तर्गत च्याम्तांग घोङघोप्पा खण्डको साढे १० किलोमिटर सडक पूरा भएको उर्जामन्त्री दीपक खड्काले बताउनुभएको छ ।
सडक ब्रेकथुक घोषणा कार्यक्रममा उर्जामन्त्री खड्का, भौतिक पूर्वाधार तथा यातायात मन्त्री देबेन्द्र दाहाल र रक्षामन्त्री मानवीर राई लगायत उच्च अधिकारी सहभागी भएका थिए । मन्त्री खड्काले ब्रेक थ्रु संगै सडकको स्तरोन्नती र चौडा बनाउने काम अघि बढ्ने बताउनुभयो ।
त्रिदेशीय नाका जोड्ने सो सडक सञ्चालनमा आएपछि नेपाल–भारत र चीनबाहेक बंगलादेशले समेत फाइदा लिन सक्ने उहाँको भनाइ थियो ।