बायोमेडिकल अनुसन्धानमा अमेरिकाले दिँदै आएको अनुदान कटौती गर्ने

माघ २७, २०८१ | काठमाडौं

अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले बायोमेडिकल अनुसन्धानको अनुदानमा अर्बौं डलर कटौती गर्ने घोषणा गरेको छ । केही वैज्ञानिकहरुले भने ट्रम्पको सो कदमले वैज्ञानिक प्रगतिलाई निरुत्साहित गर्ने बताएका छन् ।

राष्ट्रिय स्वास्थ्य संस्थाले विज्ञप्ति जारी गर्दै अनुसन्धानसँग सम्बन्धित अप्रत्यक्ष लागतजस्तै भवन, उपयोगिता र उपकरणकालागि अनुदान कटौती गर्ने बताएको हो । अमेरिकामा विश्वकै उत्कृष्ट चिकित्सा अनुसन्धान हुनुपर्ने भन्दै सो संस्थाले प्रशासनिक खर्चको सट्टा सकेसम्म धेरै रकम प्रत्यक्ष वैज्ञानिक अनुसन्धानमा खर्च गर्ने योजना महत्वपूर्ण रहेको जनाएको छ ।

अनुदानमा कटौती गरिएसँगै सोमबारदेखि लागू हुने नियमबाट ४ अर्ब डलर बचत हुने अनुमान छ । संस्थाले अप्रत्यक्ष अनुसन्धान लागतको लागि अनुदान भुक्तानी दर १५ प्रतिशतमा सीमित गर्ने बताएको बीबीसीले उल्लेख गरेको छ । जुन हालको औसत ३० प्रतिशत दरको आधा हो । 


प्रतिक्रिया