म्याद सकिँदापनि प्रसौनी-वीरगन्ज १३२ केभि विद्युत प्रशारण लाइन ८५ प्रतिशत मात्रै
![](http://radio-assets-api.ekantipur.com/thumb.php?src=http://radio-assets-cdn.ekantipur.com/uploads/source/news/2025/money/image202408142008111-1739109251.jpg&w=700&height=600)
माघ २७, २०८१ |
बारा औद्योगिक करिडोरमा स्वदेशी विद्युतको खपत बढाउने उद्देश्यले निर्माणाधिन प्रसौनी-वीरगन्ज १ सय ३२ केभि विद्युत प्रशारण लाइन आयोजनाको काम अझै पुरा नभएको सम्वद्ध अधिकारीहरुले बताएका छन् ।
सन् २०२५ जनवरी १८ मा आयोजना सम्पन्न हुनुपर्नेमा ठेकेदार चाइना रेल्वे इन्जिनियरिङ ग्रुप अफ कम्पनी र कालिका कन्ट्रक्सन ज्वाइन्ट भेन्चरको कम्पनीले अहिलेसम्म ८५ प्रतिशत मात्र काम पूरा गरेका छन् ।
आयोजना प्रमुख लक्ष्मीनारायण मुखियाका अनुसार प्रसारण लाइन ठेक्का अवधि ६ महिना थप गरि आगामी जुलाई सम्म विस्तार गरिएको छ । ठेकेदार कम्पनीले भने उपकरण तेश्रो मुलुकबाट आयात गर्न विभिन्न कारणले गर्दा कठिनाई भएकाले काम अघि बढ्न नसकेको दावी गरेका छन् ।