सुशासन र पारदर्शिताबिना लोकतन्त्रको प्रतिफल जनतामा पुग्दैनः राष्ट्रपति पौडेल

माघ २८, २०८१ | काठमाडौं

राष्ट्रपति रामचन्द्र पौडेलले सुशासन र पारदर्शिताबिना लोकतन्त्रको प्रतिफल जनताको घरदैलोमा पु¥याउन नसकिने बताउनुभएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३४ औं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले नागरिकको जीवनस्तरमा सुधार गरी जनताको विकास र सुशासनप्रतिको उच्च आकंक्षालाई पूरा गर्न सदाचार, निष्पक्षता, पारदर्शिता, एवं निर्भिकतालाई मुल मन्त्र बनाएर काम गर्नुपर्ने बताउनुभयो ।

ठूला प्रकृतिका सार्वजनिक खरिदमा विसंगति देखिएको भन्दै उहाँले यो बिषयमा राज्य र अख्तियार गम्भीर बन्नुपर्ने बताउनुभयो । राष्ट्रपति पौडेलले भ्रष्टाचार नियन्त्रण सम्बन्धि अन्तर्राष्ट्रिय महासन्धी अनुसार नेपाल अघि बढ्नुपर्ने सुझाव दिनुभयो ।

कार्यक्रममा आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले सुशासन सुधार गर्न सरकारले नै अगुवाइ गर्नुपर्ने बताउनुभयो । तीनवटै तहका सरकारबाट पहल भए मात्र सुशासन स्थापित हुन सक्ने राईको भनाइ थियो । प्रधानमन्त्री केपी शर्मा ओली भने स्वास्थ्य समस्याका कारण कार्यक्रममा सहभागी नभएको उहाँको सचिवालयले जनाएको छ । 


प्रतिक्रिया