अध्यादेशबारे जसपा नेपालले अडान कायम राख्ने माओवादी केन्द्रका अध्यक्ष दाहालको दाबी
![](http://radio-assets-api.ekantipur.com/thumb.php?src=http://radio-assets-cdn.ekantipur.com/uploads/source/news/2025/politics/puspakamaldahal-1739192368.jpg&w=700&height=600)
माघ २८, २०८१ | काठमाडौं
प्रतिपक्षी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले ६ वटा अध्यादेशबारे जनता समाजवादी पार्टी जसपा नेपालको अडान कायम राख्ने दावी गर्नुभएको छ ।
संघीय संसदबाट ६ वटा अध्यादेश पास गर्न गठबन्धन सरकारलाई सकस भइरहेका बेला विपक्षी दलका नेता दाहालले अध्यादेशमा जसपा नेपालले समर्थन नगर्ने बताउनुभएको हो । जनकपुर विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले राष्ट्रियसभाबाट अध्यादेश पास हुन सक्ने अवस्था नभएको समेत बताउनुभयो ।
त्यस्तै फरक प्रसंगमा अध्यक्ष दाहालले आफ्नो पार्टीको ध्यान अब मधेशी जनतालाई संगठीत र परिचालन गर्नेतर्फ केन्द्रीत हुने बताउनुभयो । पार्टीले जागरण अभियान पूर्वमा झापादेखि पश्चिमको कञ्चनपुरसम्म गर्न लागेको उहाँको भनाई थियो । मधेशका जनतासँग सम्बन्ध सुदृढ गर्ने अभियानमा आफूहरु रहेको अध्यक्ष दाहालले बताउनुभयो