आन्तरिक राजश्व कायांलय वीरगन्जको राजश्व असूलीमा सुधारको संकेत

फाल्गुन १६, २०८१

आय कर र अन्तःशुल्क असूली बढेपछि आन्तरिक राजश्व कार्यालय वीरगन्जको समग्र राजश्व असूलीमा सकारात्मक सुधार आएको छ । चालु आर्थिक बर्षमा गत बुधबारसम्म सो कार्यालयले लक्ष्य भन्दा करीब २ प्रतिशत बढी राजश्व असूली गर्न सफल भएको छ । 

समिक्षा अवधिमा बुधबारसम्म ५ अर्ब १६ करोड ६४ लाख ५३ हजार रुपैयाँ राजश्व असूलीको लक्ष्य रहेकोमा कार्यालयले ५ अर्ब २६ करोड ८८ लाख ७ हजार रुपैयाँ राजश्व संकलन गरेको छ । जुन लक्ष्यको १ सय १ दशमलव ९८ प्रतिशत हो । कार्यालयको तथ्यांक अनुसार, संकलित राजश्वमा आय कर र अन्तः शुल्कको योगदान बढी छ । 

समिक्षा अवधिमा १ अर्ब ६७ करोड ६१ लाख ३२ हजार रुपैया आयकर असूलीको लक्ष्य रहेकोमा १ अर्ब ७१ करोड १५ लाख ६ हजार रुपैयाँ आयकर संकलन भएको छ । 


प्रतिक्रिया