युवालाई उद्यमी बनाउन सरकार लागि परेको छः प्रधानमन्त्री ओली

चैत्र ७, २०८१ | काठमाडौं
प्रधानमन्त्री केपी शर्मा ओलीले युवाहरुलाई उद्यमी बनाउन सरकार लागि परेको बताउनुभएको छ । संसद बैठकमा सांसदहरुको प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्री ओलीले यसै वर्ष ५ सय युवालाई ऋण सहायता दिने बताउनुभएको हो ।
प्रधानमन्त्री ओलीले सिर्जनशिलता तथा नवप्रर्वतनलाई प्रोत्साहन गरी स्टार्टअपमा आधारित उद्यमशिलता विकासमा लगानीकर्ताहरुलाई आकर्षित गर्न सहुलियत ब्याजदरमा कर्जा प्रवाह गर्ने तयारी अन्तिम चरणमा पुगेको बताउनुभयो ।
स्वदेशमै उत्पादन र उत्पादकत्व विस्तार गरी आन्तरिक रोजगारीको दीगो आधार तयार गर्ने उद्देश्यले हालसालै राष्ट्रिय श्रम तथा रोजगार सम्मेलनको आयोजना गरिएको प्रधानमन्त्री ओलीको भनाई थियो । उहाँले स्वदेशी लगानीलाई प्रोत्साहन गर्दै विदेशी लगानीलाई आकर्षित सरकारले गर्न सोही अनुरुपका व्यवसायीमैत्री कानून बनाएको उल्लेख गर्नुभयो ।
जवाफ दिने क्रममा प्रधानमन्त्री ओलीले उच्च व्यापार घाटालाई नियन्त्रण गर्न सरकारले गरेका प्रयासले विस्तारै नतिजा दिइरहेको दाबी गर्नुभयो ।