सुनको मूल्यमा फेरि नयाँ रेकर्ड

भाद्र १६, २०८२ | काठमाडौं

पछिल्लो समय नेपाली बजारमा सुनको मूल्यले लगातार रेकर्ड बनाउँदै गएको छ ।

आज तोलामा एक हजार ७ सय रुपैयाँले बढेर सुनको भाउले अर्को रेकर्ड बनाएको हो ।

बजार खुलेसँगै सुन आज तोलाको दुई लाख पाँच हजार ३ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै आज चाँदीको मूल्यले पनि नयाँ किर्तिमान कायम गरेको छ । ४५ रुपैयाँले बढेर चाँदी आज तोलाको दुई हजार ४ सय ७० रुपैयाँ पुगेको छ । 


प्रतिक्रिया