एसियन थाई फुड्सको डेभिल्स हट चिकेन नुडल्स सार्वजनिक

भाद्र १६, २०८२ | काठमाडौं
एसियन थाई फुड्सले नेपाली बजारमा नउयाँ स्वादसहितको चाउचाउ सार्वजनिक गरेको छ ।
एक कार्यक्रम आयोजना गरी कम्पनीले डेभिल्स हट चिकेन नुडल्स ल्याएको हो । ३० भन्दा बढी देशमा चाउचाउ निर्यात गर्दै आएको एसियन थाइ फुड्सले मसलाको राम्रो सन्तुलन र स्वाद खोज्ने उपभोक्तालाई लक्षित गरी तयार पारिएको नुडल्स ल्याइएको बताएको छ ।
कम्पनीका निर्देशक आशिष जाजुका अनुसार केही दिनपछि बजारमा सो चाउचाउको विक्रि वितरण हुनेछ । कम्पनीले प्रत्येक उत्पादनमा उच्च गुणस्तर र नवप्रवर्तन कायम राख्ने प्रतिवद्धता समेत जनाएको छ ।