दसैं बिदामा आयाल निगम बन्द नहुने

आश्विन १२, २०८२ | काठमाडौं

नेपाल आयल निगमले आफ्ना डिपोहरु दसैं बिदाको अवधिमा समेत खुलाउने भएको छ । 

 पेट्रोलियम पदार्थको माग उच्च हुने जनाउँदै निगमले पालो–पालो गरि डिपोहरु सञ्चालन गरिने जनाएको हो । निगमका १३ वटा शाखा तथा डिपोमध्ये वीरगञ्ज शाखा र दाङ डिपो ४÷४ दिन खुल्ने छन् । 

त्यस्तै, वाग्मती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रादेशिक कार्यालयहरु ३÷३ दिन खुल्नेछ भने बाँकी डिपोहरु २ दिन खुलाउने तयारी गरिएको छ ।   


प्रतिक्रिया