भौतिकशास्त्र तर्फ अमेरिकी तीन वैज्ञानिकलाई नोबेल पुरस्कार

आश्विन २१, २०८२ | काठमाडौं

यस वर्ष क्वान्टाम मेकानिक्स सम्बन्धी खोज तथा अनुसन्धान गरेका अमेरिकी तीन वैज्ञानिक भौतिकशास्त्र तर्फको नोबेल पुरस्कार विजेता घोषित भएका छन् ।

अमेरिकाका वैज्ञानिकहरु जोन क्लार्क, मिशेल एच डेभोरेट र जोन एम मार्टिनिसलाई २०२५ को भौतिकशास्त्रमा नोबेल पुरस्कार विजेता घोषणा गरिएको हो ।

विद्युतीय सर्किटमा ऊर्जा क्वान्टाइजेशन’ बारे तथ्य पत्ता लगाएका उनीहरुलाई सो पुरस्कार दिन लागिएको नोबेल समितिले जनाएको छ । 


प्रतिक्रिया