'आयोगले अनुसन्धान र कारबाहीका लागि प्रतिवेदन कुर्न नपर्ने'

आश्विन २१, २०८२ | काठमाडौं
जेनजी आन्दोलनका क्रममा भएका मानवीय एवम् भौतिक क्षतिको छानबिनका लागि गठित जाँचबुझ आयोगले अनुसन्धान र कारबाहीका लागि आयोगको प्रतिवेदन पर्खन नपर्ने बताएको छ ।
आयोगका सदस्य विज्ञानराज शर्माले एक विज्ञप्ति जारी गर्दै फौजदारी कसूरमा संलग्न जोकोहीलाई सरकारका संयन्त्रहरुबाट तत्काल अनुसन्धान र कारबाही गर्न आयोगको प्रतिवेदन कुर्न नपर्ने उल्लेख गर्नुभएको छ । आयोगले गत असोज ९ गतेबाट काम शुरु गरिसकेको छ ।
