ओली र लेखकविरूद्ध प्रहरीमा जाहेरी

रेडियो कान्तिपुर संवाददाता

आश्विन २१, २०८२

जेन जी आन्दोलनका मृतक परिवारले निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखक विरूद्ध प्रहरी समक्ष जाहेरी दिएका छन् । उनीहरुले जिल्ला प्रहरी परिसर काठमाडौंमा आज अपरान्ह ओली र लेखकविरुद्ध जाहेरी दिएका हुन् ।

 सो जाहेरी प्रहरीले भदौ २३ र २४ गतेको आन्दोलनसम्बन्धी जाँचबुझ आयोगमा पठाइएको बताएको छ । आन्दोलनमा भएका भौतिक र मानवीय क्षतिसँग बिषय जाँचबुझ आयोगको कार्यक्षेत्र पर्ने भएकाले आयोगमा पठाइएको एक प्रहरी अधिकृतले बताए । जाहेरी दिने व्यक्तिको नाम भने सार्वजनिक भएको छैन । 


प्रतिक्रिया