गोरखाको गण्डकी गाउँपालिकामा कांग्रेस बिजयी

जेष्ठ ३, २०७४ | गोरखा

 

गोरखाको गण्डकी गाउँपालिकाको प्रमुखमा कांग्रेसका उम्मेदवार होश बहादुर राना बिजयी भएका छन् । उप्रमुखमा कांग्रेसकै ललिता अधिकारी बिजयी भएपनि निर्वाचन अधिकृतको कार्यालयले औपचारिक घोषणा गरि सकेको छैन । 

निर्वाचन अधिकृत दिर्घबहादुर पोखरेलले कान्तिपुरसँग भन्नुभयो, अनौपचारिक रुपमा कांग्रेसका उमेद्वार बिजयी भई सके, घोषणा गर्न बाँकी छ ।’ 

वडा नम्बर ८ को मतगणनामा कांग्रेस र माओवादीका सदस्यले बराबर मत ल्याएपछि पुन: मतगणना गर्ने किन चिठा थुत्ने भनेर अन्यौल हुदाँ घोषणामा ढिलाई भएको हो । 

स्रोतका अनुसार प्रमुखमा रानाले माओवादी केन्द्रका दिपक तिमिल्सिनालाई २ सय ७४ मतले हराएका छन् भने उपप्रमुखमा माओवादीकी पूर्ण थापाको भन्दा २२४ बढी मत ल्याएर कांग्रेसकी अधिकारी बिजयी हुनु भएको छ । 

बिजयी प्रमुखले ४ हजार १ सय ३८ र प्रतिद्धन्द्धी तिमल्सिनाले ३ हजार ८ सय ६३ र बिजयी उपप्रमुखले ४ हजार ९४, र प्रतिद्धन्द्धी ३ हजार ८ सय ७३ मत ल्याएको गणनामा सहभागी कांग्रेसका एक नेताले जानकारी दिनुभयो । निर्वाचन अधिकृतको कार्यालयले भने मत परिणाम सार्वजनिक गरि सकेको छैन ।

१४ हजार ५७ मतदाता रहेको गण्डकीका ८ वडा मध्ये ४ वडामा कांग्रेस र ४ वडामा माओवादी केन्द्रका उमेद्वारले बिजयी हासिल गरेका छन् ।

वडा नम्बर १, ६, ७ र ८ मा माओवादी केन्द्रको प्यानलले नै जितेको हो भने वडा नम्बर २, ३, ४ मा कांग्रेसको प्यानलले जितको छ । वडा नम्बर ५ मा भने वडा अध्यक्ष कांग्रेस उमेद्वार र अन्य सदस्य माओवादी केन्द्रले जित हात पारेको छ ।

 


प्रतिक्रिया