गोरखाको अजिरकोट गाउँपालिकामा कांग्रेस बिजयी

जेष्ठ ३, २०७४ | गोरखा

 

गोरखाको निर्वाचन क्षेत्र नम्बर २ अन्र्तगत सबै भन्दा माथिको अजिरकोट गाउँपालिकाको प्रमुखमा कांग्रेसका फणिन्द्र धिताल बिजयी हुनु भएको छ । उहाँले ३०३३ मत प्राप्त गरेको निर्वाचन अधिकृत बिनोदकुमार पोखरेलले जानकारी दिनुभयो । निकटम प्रतिद्धन्द्धी माओवादी केन्द्रका दिपक देवकोटाले २६०२ मत ल्याएका थिए ।

उपप्रमुखमा कांग्रेसकै चन्द्रमाया गुरुङले ३०३० मत ल्याएर बिजयी हुनु भएको छ । उहाँको प्रतिस्पर्धी माओवादी केन्द्रका अनिता भुजेलले २६४२ मत प्राप्त गर्नुभयो । धिताल कांग्रेसका पुराना नेताका रुपमा परिचित छन् । गुरुङ गैससकर्मी हुदैं कांग्रेस राजनितिमा लागेकी हुन् ।

५ वटा वडाहरु रहेको गाउँपालिकाका २, ३ र ४ प्यानल सहित कांग्रेस उमेद्वारले जितेको छन भने १ र ५ माओवादी उमेद्वारले प्यानल सहित जितेको हुन् । ९ हजार ९ सय ३८ मतदाता रहेको उक्त गाँउपालिकामा ६ हजार ७ सय ५९ मत खसेको थियो ।

कांग्रेसले यसअघि चुमनुव्री, गण्डकी, सिरानचोक गाउँपालिकाको प्रमुख उपप्रमुखमा बिजय हासिल गरि सकेको छ । 

 


प्रतिक्रिया