कैलालीको टीकापुर नगरपालिकाको प्रमुखमा नेकपा एमाले, उप–प्रमुखमा कांग्रेस

असार २०, २०७४ | कैलाली

कैलालीको टीकापुर नगरपालिकाको प्रमुखमा नेकपा एमालेका तपेन्द्र रावल विजयी हुनु भएको छ । उहाँले ५ हजार ९ सय ५९ मत ल्याएर विजयी हुनु भएको हो । उहाँका प्रतिस्पर्धी माओवादी केन्द्रका ललित थापाले ५ हजार ६ सय १० मत प्राप्त गर्नुभयो ।

उप–प्रमुखमा कांग्रेसकी केशरी विष्ट ६ हजार २ सय २६ मत ल्याएर विजयी हुनुभयो । उहाँका निटतम प्रतिद्वन्दि माओवादी केन्द्रकी आशा चौधरीले ५ हजार ५ सय ५३ मत प्राप्त गर्नुभयो ।


प्रतिक्रिया