'सलाम ज्यूँदो ईतिहासलाई' कार्यक्रममा वरिष्ठ गीतकार दिनेश अधिकारी

रेडियो कान्तिपुर संवाददाता

वैशाख ७, २०७६ | काठमाडौं

रेडियो कान्तिपुरको सलाम ज्यूँदो ईतिहासलाई कार्यक्रममा आज वरिष्ठ गीतकार दिनेश अधिकारीलाई सम्मान गरिंदैछ । नेपाली सांगीतिक क्षेत्रलाई कर्णप्रिय र मर्मस्पर्षी शब्दहरु दिएर स्रोतालाई मन्त्रमुग्ध पारी अतुलनीय योगदान गरे बापत् गीतकार अधिकारीलाई आज सम्मान गर्न लागिएको हो ।

हरेक महिनाको पहिलो शनिबार रेडियो कान्तिपुरले विभिन्न स्रष्टालाई सम्मान गर्दै आएको छ । आजको कार्यक्रममा वरिष्ठ गीतकार अधिकारीसँगको प्रत्यक्ष भलाकुसारी र चर्चित कलाकारहरुद्वारा उहाँका सुमधुर गीतहरुको फ्रस्तुति समेत रहनेछ ।

आजको कार्यक्रममा गायिकाहरु कुन्ति मोत्तान, निशा देशार, निकिता थापा र गायकहरु सन्तोष लामा, अजर जंगम, सुरज थापा र भविन ढंगानाले गीतकार अधिकारीले लेखेका गीतहरु गाएर उहाँको सम्मान गर्नेछन् । 


प्रतिक्रिया