केकीको पहिलो तीजको म्युजिक भिडियो सार्वजनिक

रेडियो कान्तिपुर संवाददाता

श्रावण १७, २०७६ | काठमाडौं

नायिका केकी अधिकारी अभिनित तीजको गीत सार्वजनिक भएको छ । नेपाली चलचित्र र अन्य म्युजिक भिडियोमा सफल नायिकाका रुपमा रहेकी अधिकारी अभिनित यो पहिलो तीज गीत हो । तीजै रमाईलो बोलको गीतमा गायीका गोमा कार्कीको स्वर रहेको छ । 

जीवन शाहीको निर्देशन रहेको तीजै रमाईलो बोलको गीतमा शब्द रञ्जन पोखरेलको रहेको छ । सीडीएम म्युजिक क्रिएसनले बजारमा ल्याएको सो गीतमा गोमा कार्कीको स्वर र सीडी बिजय अधिकारीको संगीत रहेको छ ।

सो गीत सीडीएम म्युजिक त्रिएसनले आज सार्वजनिक गरेको छ । तीजको गीतमा पहिलो पटक अभिनय गरेकी केकीले गीतले आफूमा निक्कै प्रभाव पारेका कारण सिनेमाको सुटिङ रोकेर पहिलो पटक गीतमा अभिनय गरेको बताईन् । आजै सार्वजनिक भएको दुई घण्टा मै सो गीत ५ हजार बढीले हेरिसकेका छन् । 

https://www.youtube.com/watch?v=hvJUP2F1p_g&feature=share&fbclid=IwAR2IhuGq_nSjM4FsgmJjaA5_9E75JxvUVMJw8L1XQREp8U4D4X77I0t-NY0


प्रतिक्रिया