मिस नेपाल अनुष्का मिस वर्डको टप ४० मा 

मंसिर २५, २०७६ | लन्डन

- मिस नेपाल अनुष्का श्रेष्ठ ‘मिस वर्ल्ड प्रतियोगिता’ अन्तर्गत 'हेड टु हेड' च्यालेन्ज राउन्ड टु जितेर टप ४० मा पर्न सफल भएकी छन् ।  उनको मिस इन्डोनेसियासँग टक्कर परेको थियो । अनलाइन मत र खरो सवाल जवाफका आधारमा उनी टप ४० मा परेकी हुन् । उनले भनिन् ’म प्रतियोगिताको एउटा खुड्किलो पार गरेकोमा ज्यादै खुशी छु’ । 


यस बाहेक उनी ’ब्युटी वीथ अ परपोज’ को टप १० मा पनि परेकी छन् । विश्व सुन्दरीहरुमाझ हिजो साँझ लन्डन ओटु इन्डिगोमा भएको ’ब्युटी वीथ अ परपोज च्यारिटी डिनर’ मा सो घोषणा गरिएको हो । आउँदो साता १४ तारिख लन्डन एक्सेलमा हुने ६९ औँ ‘मिस वर्ल्ड प्रतियोगिता’ मा प्रतिष्पर्धा गर्न १ सय २५ देशका सुन्दरी लण्डन आएका छन् । 

अनुष्काले अब मल्टिमिडिया अवार्डका लागि पनि मत दिन सबैमा अफिल गरेकी छन् । अनुष्कालाई www.missworld.comमा गएर मत दिन सकिने छ । अत्यधिक मत भए उनले मल्टिमिडिया अवार्ड जित्नेछिन् । मिस वर्ल्डका लागि भोटिङ जारी छ ।


प्रतिक्रिया