मिस नेपाललाई दुई उपाधि

मंसिर २९, २०७६

मिस नेपाल अनुष्का श्रेष्ठले दुई उपाधि जितेकी छन्। टप १२ सम्म पुगेकी अनुष्काले ‘ब्युटी वीथ अ पर्पोज’ र ‘मल्टिमिडिया’ सबटाइटल अवार्ड जितेकी हुन्।

अघिल्लो संस्करणमा पनि नेपालकी शृंखला खतिवडाले तिनै दुई टाइटल जितेकी थिइन्। टप १२ मा केन्या, नाइजेरिया, ब्राजिल, मेक्सिको, इण्डिया, नेपाल, फिलिपिन्स, भियतनाम, जमैका, फ्रान्स, रसिया र कुक आइल्यान्ड्सका सुन्दरी परेका थिए। मिस नेपाल सोही चरण (सेमिफाइनल) बाटै बाहिरिइन्।

दुई अवार्ड जितेपछि खुसी व्यक्त गर्दै अनुष्काले सबैप्रति आभार व्यक्त गरेकी छन्। ‘विश्वमञ्चमा नेपाली झन्डा फहराउन सफल भएकी छु’, हातमा ठूलो नेपाली झन्डा बोकेकी उनले खुसी साट्दै कान्तिपुरसँग भनिन्, ‘मिस वर्ल्डमा ‘ब्युटी विथ अ पर्पोज’ उपाधि मुटु नै हो। योसहित दुई उपाधि जितेर घर फर्कन पाउँदा ज्यादै गर्व लागेको छ। यसले आफ्नो प्रोजेक्टमा काम गर्न झन् हौसला मिलेको छ।’

नेपालीहरुले झन्डा बोकेर कार्यक्रममा आइदिँदा आफूलाई थप आत्मबल पुगेको उनले सुनाइन्। छोरीको जितमा अनुष्काका बाबुआमा पनि दंग देखिन्थे।

प्रतियोगितामा अनुष्कालाई हौसला प्रदान गर्न बेलायतका लागि नेपाली राजदूत डा. दुर्गाबहादुर सुवेदी, एनआरएन पदाधिकारी लगायत नेपालीहरु नेपालको झन्डा बोकेर कार्यक्रमस्थल पुगेका थिए। उनीहरुले बारम्बार हुटिङ गर्दै नाचे।


प्रतिक्रिया