दिवेश पोखरेल अमेरिकन आइडलको उत्कृष्ट १० मा
वैशाख २२, २०७७ | काठमाडौं
नेपाली युवा दिवेश पोखरेल अमेरिकाको रियालिटी शो अमेरिकन आइडलको उत्कृष्ट १० मा पुगेका छन् ।
जोन डेनभरको कन्ट्रि रोड गित गाएका उनी सुरक्षित भएका हुन् । अब उनलाई उत्कृष्ट ५ को दाबेदार मानिएको छ । आर्थर गनको नामबाट अमेरिकन आइडलको अडिसन दिएका उनले निर्णायकको लगातार तारिफ पाइरहेका छन् ।
उनको भोटिङ र फलोअर्सका कारण उनलाई जारी सिजनको अमेरिकन आइडलको विजेताका रुपमा हेरिएको छ ।