‘जात’ बोलको गीत सार्वजनिक

असार ९, २०७७ | काठमाडौं

– रुकुमपश्चिम घटनामा आधारित चिरञ्जीवी सापकोटाको ‘जात’ बोलको गीत सार्वजनिक भएको छ । अन्र्तजातिय प्रेमका कारण ज्यान गुमाएका नवराज विक र उनका साथीहरुको सम्झनामा तयार पारिएको गीतमा गायक प्रताप दास, चिरञ्जीवी र प्रविन भट्टको स्वर रहेको छ । 

ललित पौडेलको शब्द तथा ओम सुनारको संगीत रहेको गीतको म्यूजिक भिडियोमा अभि सुनार, गीता ढुंगाना र रविन्द्र सुबेदीको अभिनय छ । गीतमा जातिय विभेद विरुद्धको आवाज उठाउन खोजिएको छ । गीतमा प्रेमलाई जातिय बारले रोक्न सक्दैन भन्ने सन्देश दिइएको छ ।  


प्रतिक्रिया