महेश्वरको ‘मुटु भरि देश बोकी’मा रामकृष्ण र मेलिनाको स्वर

भाद्र ९, २०७७ | काठमाडौं

कवि तथा गीतकार महेश्वर शर्माको रचनामा ‘मुटु भरि देश बोकी’ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । कविता र गीतमा कलम चलाउँदै आएका शर्माको यो पहिलो गीत हो । 

रुपन्देहीको देवदहका स्थायी वासिन्दा गीतकार शर्मा हाल अष्ट्रेलियाको सिड्नीमा बसोबास गर्छन् । प्रस्तुत गीतमा लोकप्रिय गायक रामकृष्ण ढकाल तथा सुमधुर स्वरकी धनी गायिका मेलिना राईको स्वर सुन्न सकिन्छ । यो गीतलाई सुगम संगीतका स्थापित संगीतकार आनन्द राईले संगीतबद्ध गरेका छन् । 

महाराज थापा यो गीतका संगीत संयोजक हुन् भने साजन शाहले यो गीतलाई मिक्सिङ गरेका हुन् । यो गीतको म्युजिक भिडियोलाई युवराज वाइबाले निर्देशन गरेका हुन् । भिडियोलाई राज पोखरेल र दीपेन्द्र भट्टले छायांकन गरेका हुन् भने विकास दाहाल यसका सम्पादक हुन् ।

 यो गीतको म्युजिक भिडियोमा रचनाकार महेश्वर शर्मा, गायक रामकृष्ण ढकाल, गायिका मेलिना राई, संगीतकार आनन्द राई तथा सोनम पाण्डे शर्मा, कृष्ण शर्मालाई समेत देख्न सकिने छ भने कलाकारहरु सरोज दाहाल र साक्षी लम्सालको अभिनय रहेको छ । 

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजका केन्द्रिय सदस्य तथा अनेसास न्यू साउथ वेल्स अष्ट्रेलियाका अध्यक्ष समेत रहेका शर्माले डायस्पोरिक साहित्यमा आफ्नो बलियो स्थान बनाएका छन् ।


प्रतिक्रिया