'मै बनूँला माली' सार्वजनिक

मंसिर १९, २०७७ | काठमाडौं

मकुन भूषाल पृथक अभिनयकै कारण छोटो समयमा चर्चा कमाउन सफल कलाकार हुन् । पछिल्लो समय म्यूजिक भिडियोमा समेत आफ्नो अभिनयको जादू छर्न सफल उनै भूषाल र सुरबिना कार्की फिचर्ड मै बनूँला माली बोलको गीतको भिडियो आज सार्वजनिक भएको छ ।

 शितल एल्बलमा रहेको गीतमा केदार उप्रेतीको शब्द र राजनराज शिवाकोटीको संगित रहेको छ । अमोष तामाङले एरेञ्ज गरेको गीतको भिडियो निर्देशन राजेश पुमा राईले गरेका हुन् ।  ग्रामिण परिवेशलाई चित्रण गरिएको भिडियोमा भूषाल र कार्कीको प्रेमिल अभिनय फिचर्ड छ ।


प्रतिक्रिया