कोरोना महामारीका बीच संयमित भएर टोपी दिवस मनाइने

पुस १५, २०७७ | काठमाडौं

नेपाल र नेपालीको पहिचान टोपीको संरक्षण गर्न भन्दै नेपाली टोपी प्रतिष्ठानले यो बर्ष पनि जनवरी १ को दिन टोपी दिवस विशेष रुपमा मनाउने भएको छ । 

अंग्रेजी नयाँ बर्षको दिन मनाइने टोपी दिवसमा यो वर्ष कोरोना संक्रमण जोखिमका कारण औपचारिक कार्यक्रम नगरेको प्रतिष्ठानले जनाएको छ । भर्चुअल माध्यमबाट शुभकामना आदानप्रदान गर्ने तयारी प्रतिष्ठानको छ । 

प्रतिष्ठानका अध्यक्ष शंकर बन्जाडेले स्वास्थ्य मापदण्ड अपनाई आआफ्नो स्थानमा दिवस मनाउन आग्रह गर्नुभएको छ । 

बन्जाडेद्वारा जारी विज्ञप्तिमा भनिएको छ, 'यस वर्षको आठौं अन्तर्राष्ट्रिय टोपी दिवसलाई बिभिन्न मुलुकमा बसोबास गर्ने सबै नेपाली दाजुभाई दिदि बहिनीहरुले भौतिक दुरी कायम गरी, स्वास्थ्य सम्बन्धि सबै नियमहरु पालना गरी संबन्धित देशका नियम परिधिभित्र रही मनाउँ ।' 

 दिवसका अवसरमा ३९ देशमा रहेका शाखाहरुको नेतृत्वमा रहेक बर्ष कार्यक्रम हुदै आएको थियो । संस्थापक अभियन्ता डा. लेखनाथ काफ्ले र शंकर बन्जाडेले सामाजिक संजालबाट शुरु गरेको अभियानलाई संस्थागत र थप ब्यबस्थित बनाउन नेपाली टोपी प्रतिष्ठानले हरेक बर्ष कार्यक्रम गर्दै आएको छ । 


प्रतिक्रिया