‘तँ त कस्तो भाग्यमानी’ गीति एल्वम सार्वजनिक

माघ २५, २०७७ | काठमाडौं

नेपाली सांगितिक क्षेत्रमा फरक शैलीको ‘तँ त कस्तो भाग्यमानी’ बोलको आधुनिक गीत सार्वजनिक भएको छ । क्यानाडामा बसोबास गर्दै आएका महेश भट्टराईको प्रेम र संवेदना मिश्रित यस गीतमा गायक प्रवीण बेडवालले आवाज दिएका छन् । विदेशमा रहेर पनि नेपाली गीत संगीतलाई माया गर्ने भट्टराईले गीत सफल हुनेमा आफू आशावादी रहेको बताउँछन् ।

गीतमा सुवास चन्द्र ढुंगेलको शब्द रचना र हरि लम्सालले संगीत संयोजन गरेका छन् । सेन्टिमेन्टल उक्त गीतको भिडियोमा अप्सरा तिमल्सिना र विकास लामिछाने फिचर्ड छन् । ‘गीतको म्युजिक भिडियो उत्कृष्ट बनेको र आफ्नो अभिनय दर्शकले रुचाइदिनेमा विश्वस्त रहेको अप्सरा बताउँछिन् । बुद्ध थापाको छाायाङ्कन र निकेश खड्काको निर्देशन रहेको भिडियोलाई रुपेश खड्काले सम्पादन गरेका हुन् । 


प्रतिक्रिया