'मेरो प्यारो ओखलढुंगा' गीतको भिडियो सार्वजनिक

जेष्ठ ९, २०७८ | काठमाडौं

युगकवि सिद्धिचरण श्रेष्ठको ११० औँ जन्मजयन्तिको अवसरमा आज युगकविको रचना एवं स्वरसम्राट नारायण गोपालको स्वर तथा संगीत रहेको गीत मेरो प्यारो ओखलढुंगाको भिडियो सार्वजनिक गरिएको छ ।

युगकवि सिद्धिचरण प्रतिष्ठानको निर्माण रहेको उक्त गीतको भिडियोलाई निर्देशक दिनेश डिसीले निर्देशन गरेका छन् ।

युगकविको वारेमा अध्ययन गर्न चाहने दुई विद्यार्थीको युगकविको जन्मस्थलसम्मको खोजमुलक यात्रालाई प्रस्तुत गरिएको गीतमा समीक्षा पोखरेल, महेश खड्का एंव दिनेश डिसीको अभिनय रहेको छ ।


प्रतिक्रिया