पराजुलीको मोम्चो माथि चर्चा

रेडियो कान्तिपुर संवाददाता

जेष्ठ २३, २०७९

पत्रकार वसन्त पराजुलीको मोम्चो कथासंग्रह माथि काठमाडौंमा परिचर्चा गरिएको छ । पाठकिय दृष्टिले समीक्षा गर्दै प्रा.डा सावित्रीमल्ल कक्षपतीले कथा समाजकेन्द्रित र सिर्जनात्मक रहेको बताउनुभयो । ११ वटा कथा समेटिएको कथासंग्रहमा नारी समस्या उठाइएको कक्षपतीले टिप्पणी गर्नुभयो । चितवनको सीमान्तकृत चेपाङ्ग समुदायले प्रयोग गर्ने भाषा, जिवनशैली र परम्परा समेटीएको कथासग्रह पराजुलीको दोश्रो प्रकाशित कृति हो । समिक्षात्मक टिप्पणी गर्दै प्रा.डा. लक्ष्मणप्रसाद गौतमले कथामा तत्कालिक घटनाले प्रधानता पाएको, कथाकार ब्याख्यता बनेको भन्दै कथा अन्त्य गर्ने क्रममा भएका त्रुटि सुधार गर्न सुझाव समेत दिनुभयो । भुँडीपुरण प्रकाशनले बजारमा ल्याएको मोम्चो अघि पराजुलीको कुमाता नामक कथासंग्रह प्रकाशित छ । 


प्रतिक्रिया