जि—बबको ‘फाइनल्ली भेटियो’ सार्वजनिक

जेष्ठ २५, २०७९

नेपाली गीत संगीतमा फरक शैली प्रस्तुत गर्दै आइरहेको ट्रि इन्टरटेनमेन्ट प्रालिले यूवा पुस्ताकालागि र्‍याप प्याटनको फाइनल्ली भेटियो बोलको गीत सार्वजनिक गरेको छ । पछिल्लो समय युवा पुस्ताको ढुकढुकी बन्न सफल र्‍यापर जि—बबको यो गीतलाई ट्रि इन्टटेन्मेन्टले तयार गरेको हो । भिडियोको निर्देशन माइकल चन्दले गरेका छन् भने गीतमा देलविस दर्शनधारी र सारा सिर्पालीलाई देख्न सकिन्छ । द्वन्द्वको दृष्य समावेश गीतमा म्यूजिक र एरेन्ज भने याकुब बेट्जले गरेका छन् । 

उनले जि—बबका अधिकांस गीतमा म्यूजिक र एरेन्ज गरेका छन् । ट्रि इन्टरटेनमेन्टका प्रबन्ध निर्देशक दिपक नेपालीले पछिल्लो समय युवा पुस्तालाई लक्षित गर्दै गीत तयार गरेको बताए । उनले युवाहरुको ढुकढुकीका रुपमा रहेका जि—बबले यो गीतबाट थप सफलता पाउने उनको विश्वास छ । उनले भने, हामीले यसअघि थुपै गीतहरु गरेका छौं, यो अलि फरक हो हाम्रा लागि । गीत संगीतमा जब व्यवसायीका हुदैन तब सम्म नेपाली कला उद्योग फस्टाउ नसक्ने उनको भनाई छ । उनले भने, यहि प्याटनको गीत विदेशीले ल्याउदा चल्ने तर, नेपालीले बनाउदा नचल्ने भन्ने हुदैन होला । हामीले गीतले मागे जति सबै कुराको व्यवस्थापन गरेका छौं,उनले भने । गीत केहि महंगो बजेटमा बने पनि यसले दर्शक स्रोताको मन जित्ने बताए । 

गीतलाई चलचित्र निर्माताद्वय दिनेश दर्शनधारी र यशोदा राईले निर्माण गरेका हुन । गीतलाई एक भव्य कार्यक्रमकाबीच ठमेलको क्लव टेन एक्स(Club10x)मा सार्वजनिक गरिएको थियो । गीतलाई ट्रि इन्टरटेनमेन्टको अफिसियल यु—ट्यूव च्यानलमा हेर्न सकिने छ । 


प्रतिक्रिया