घृणा फैलाएको आरोपमा टर्कीकी पप स्टार पक्राउ

फोटो सौजन्य: सीएनएन्  

भाद्र ११, २०७९ | इस्तानबुल

टर्कीकी पप स्टार गुल्सन कोलाकोग्लु सार्वजनिक रुपमा घृणा फैलाएको आरोपमा पक्राउ परेकी छन् । गत अप्रिलमा आयोजित एक कन्सर्टका क्रममा उनले एक जना म्युजिसियनलाई लक्षित गर्दै टर्कीस्थित धार्मिक विद्यालयबारे जोक गरेकी थिइन् । उनले गरेको जोकसम्वन्धि भिडियो सामाजिक सञ्जालमा राखिएपछि विवाद शुरु भएको थियो । 

सामाजिक सञ्जाल प्रयोगकर्ताले उनलाई पक्राउ गर्न माग गरेको केही घण्टापछि पप स्टार गुल्सनलाई पक्राउ गरिएको हो । गुल्सनले आफूले कुनै अपराध नगरेको बताएकी छन् ।


प्रतिक्रिया