दिपक रौनियारको ‘फोर नाइट्स’ लाई उत्कृष्ट नेपाली फिक्सनको अवार्ड

पुस ६, २०७९

मानव अधिकार अन्तर्राट्रिय चलचित्र महोत्सवको १० औं संस्करण चार विधाका उत्कृष्ट चलचित्र घोषणा गर्दै समापन गरिएको छ । नेपाल पर्यटक बोर्डमा भएको महोत्सवमा नेपाली फिक्सन र नन्फिक्सन, अन्तर्राष्ट्रिय फिक्सन र नन्फिक्सन गरि चार विधामा अर्वाड प्रदान गरिएको हो । नेपाली फिक्सन उत्कृष्ट फिल्मको अर्वाड दिपक रौनियार निर्देशित सर्ट फिल्म ‘फोर नाइट्स’ले जित्यो । त्यस्तै, नेपाली नन्फिक्सनमा अनिल बुढा मगर निर्देशित ‘द आइरन डिगर’ हात पार्‍यो । 

 अन्तर्राष्ट्रिय फिक्सनमा बंगलादेशी निर्दैशक जुबराज सामिम निर्देशित ‘द इन्स्टिन्ट’ उत्कृष्ट फिल्म घोषणा हुँदा नन्फिक्सनको अवार्ड फिन्ल्यान्डका निर्देशक लिरिस हर्मा निर्देशित ‘सेफड्स अफ द अर्थ’ घोषित भएको थियो । जलवायु परिवर्तन र पर्यावरण न्यायको नारा बाकेको महोत्सवमा विश्वभरबाट खुल्ला आवेदनबाट संकलन गरिएका कथानक चलचित्र, वृत्तचित्र, एनिमेसन लगायतका नेपालसहित २५ देशका ६४ वटा फिल्महरुले महोत्सवमा प्रतिस्पर्धा गरेका थिए । महोत्सवको निर्णायकमा नेपालबाट निर्देशक अविनाश विक्रम शाह, भारतीय लेखक/निर्देशक अनिर्वाण भट्टचार्य, कोरियाका मावन अधिकार अभियान्ता तथा महोत्सव निर्देशक सु–ली दिलबर र इजरायलका लेखक/निर्देशक ओश्रा स्वार्ज रेम थिए । 


प्रतिक्रिया