वैशाखमा पाँच चलचित्र रिलिज हुने

फाल्गुन १८, २०७९ | काठमाडौं

आगामी वैशाख १ गते ५ वटा नेपाली चलचित्र रिलिज हुने भएका छन् । ‘नाईं नभन्नू ल–६’ रिलिज डेट लिएसँगै वैशाख १ गते पाँच वटा सिनेमा प्रदर्शनमा आउने भएका हुन् । वैशाख १ गते ‘नाईं नभन्नू ल–६’ सँगै ‘जारी’, ‘बिहे पास’, ‘बुलाकी’ र ‘प्रसाद–२’ रिलिज हुने भएका हुन् ।

‘नाईं नभन्नू ल–६’मा आशीर्वाद क्षेत्री र आँचल शर्मा मुख्य भूमिकामा छन् । ‘जारी’ र ‘बिहे पास’ दयाहाङ राई मुख्य भूमिकामा रहेका चलचित्र हुन् । ‘बुलाकी’मा सुरक्षा पन्त मुख्य भूमिकामा छिन् ।

फिल्म ‘प्रसाद–२’मा विपीन कार्की र केकी अधिकारी प्रमुख पात्र छन् । ‘प्रसाद–२’मा निर्माण घोषणा हुँदा नम्रता श्रेष्ठ रहे पनि पछि उनले छोडे पछि केकी अधिकारीको प्रवेश भएको छ । 


प्रतिक्रिया