रेडियो कान्तिपुर नेशनल म्युजिक अवार्ड आज

असार २१, २०८० | काठमाडौं

रेडियो कान्तिपुरले आज नेशनल म्युजिक अवार्डको आयोजना गर्दैछ । अपरान्ह साढे ४ बजे शुरु हुने अवार्डमा विभिन्न कलाकारले प्रस्तुती समेत दिनेछन् ।

कार्यक्रमको रेडियो कान्तिपुर तथा कान्तिपुर टेलिभिजनमा प्रत्यक्ष प्रशारण हुनेछ । रेडियो कान्तिपुरले प्रत्येक वर्ष म्युजिक अवार्डको आयोजना गर्दै आएको छ । आजको सांगीतिक समारोहमा विभिन्न १५ विधामा अवार्ड दिइने जनाइएको छ ।

उत्कृष्ट नयां गायक/गायिका, रचनाकार, म्युजिक भिडियो निर्देशक, लोकगीत तर्फ उत्कृष्ट गायक तथा गायिका, पार्श्व गायक/गायिका, उत्कृष्ट राष्ट्रिय गीत रचनाकार, उत्कृष्ट पप गायक/गायिका विधामा अवार्ड दिइने तय भएको छ ।

त्यस्तै, पिपुल्स च्वाइस अवार्ड, उत्कृष्ट संयुक्त गायन, उत्कृष्ट आधुनिक गायक/गायिका, उत्कृष्ट व्याण्ड लाई समेत अवार्ड प्रदान गरिनेछ । कार्यक्रममा भारतीय गायक सलमान अलीले समेत प्रस्तुति दिनेछन् । 


प्रतिक्रिया