गैरे सुरेशको शिव भजन ‘भोले शंङ्कर’ सार्वजनिक

श्रावण २९, २०८० | काठमाडौं
संगितकार गैरे सुरेशको शिव भजन ‘भोले शंङ्कर’ सार्वजनिक भएको छ । डा. कृष्णहरि बरालको शब्द रहेको सो भजनमा संगीतकार गैरेकै संगीत र स्वर सुन्न सकिन्छ ।
साउनको अन्तिम सोमबार पारेर सार्वजनिक गरिएको भजनको भिडियो पशुपति लगायतका स्थानमा छायाँकन गरिएको छ ।
भजनमा कृष्ण ढकाल, कमल तिमिल्सिना, लव सापकोटा, दिपकराज बराल, दामोदर धोदारी, रमेश भुवजी, रोहित घिमिरे, विकास घिमिरे, लगायतको अभिनय छ।
सुरेश ‘बिम्ब’ मार्फत् सांगीत क्षेत्रमा लागेका हुन् । उनले ‘सम्भावना’, ‘चर्चा’, ‘गुमनाम’, ‘शरद’ लगायत २० बढी एल्बम बजारमा ल्याइसकेका छन् । यस्तै ‘नाई नभन्नू ल २’, ‘शब्द’, ‘राजधानी’ चलचित्रमा समेत संगीत भरिसकेका छन् । सुरेश सशस्त्र प्रहरी बलमा प्रहरी नायब उपरीक्षकका रुपमा समेत कार्यरत छन् ।
