गीतकार खनालको नयाँ गीत “तिमीले रोजेको मान्छे” सार्वजनिक

भाद्र २४, २०८० | काठमाडौं

गीत गीतकार आनन्द राज खनाल को नयाँ गीत “तिमीले रोजेको मान्छे” सार्वजनिक भएको छ । उनले आफ्नै युट्युब च्यानल मार्फत सो गीत सार्वजनिक गरेका हुन् ।

गीतकार, संगीतकार, संगीत संयोजक, गायक गायिका सबैको सहभागितामा उक्त गीतको भिडियो निर्माण गरिएको छ। आनन्द राज खनालको शब्दमा युवा संगीतकार दिपक शर्माको संगीत छ भने सुशान्त गजुरेलले संगीत संयोजन गरेका छन्। गीतमा सविन सुवेदी र अनु चौधरीको स्वर छ ।

कसैले रोजेको, खोजेको र चाहेको मान्छेको गुण कस्तो हुन्छ भन्ने विषयलाई गीत मार्फत प्रस्तुत गरिएको छ । सूचना तथा सञ्चार प्रविधि क्षेत्रमा व्यस्त खनाल पछिल्लो समय संगीत क्षेत्रमा लाग्दै आएका छन् ।  


प्रतिक्रिया