नेपाली आधुनिक संगीतका शिखर पुरुष अम्बर गुरुङको सालिक अनावरण नोभेम्बर ५ मा

रेडियो कान्तिपुर संवाददाता

आश्विन ६, २०८०

नेपाली आधुनिक संगीतका शिखर पुरुष अम्बर गुरुङको सालिक निर्माण कार्य भइरहेको छ । भारतको दार्जीलिङ जिल्लाको मिरिक महकुमा अन्तर्गत टिङलिङ चियावारी भ्यू पोइन्टमा सो सालिक निर्माण कार्य भइरहेको लभ एण्ड सपोर्ट फाउण्डेसनले जनाएको छ । सालिक अनावरण कार्यक्रम भने आगामी नोभेम्बर ५ मा हुने बताइएको छ । 

सालिक अनावरण कार्यक्रमका दिन अम्बर गुरुङ स्मृति ग्रन्थ विमोचन कार्यक्रमको समेत आयोजना गरिने भएको छ । सो कार्यक्रममा नेपाली गीत संगीत क्षेत्रमा महत्वपुर्ण योगदान पुर्‍याउने अग्रज कलाकारहरु लगायत सामाजिक र शिक्षा क्षेत्रमा योगदान पुर्‍याउने व्याक्तिहरुलाई नगद ५१ हजार भारतीय रुपौयां र ताम्रपत्र सहित सम्मान गरिने पनि सो फाउण्डेसनले जनाएको छ । 


प्रतिक्रिया