सिसाले बनेको विश्वकै उच्च र लामो पुल सञ्चालनमा

रेडियो कान्तिपुर संवाददाता

भाद्र ५, २०७३ | एजेन्सी

सिसाले बनेको विश्वकै उच्च र लामो पुल चीनमा सञ्चालनमा भएको छ । मध्य चीनमा रहेको पुल सर्बंसाधारणका लागी खुला पनि गरिएको छ । हुनान प्रान्तको झाङजियाजीको अवतार पहाडका दुई भिरलाई जोडेको छ ।

गत डिसेम्बरमा निर्माण सम्पन्न भएको पुलको निर्माणका लागी ३४ लाख अमेरिकि डलर खर्च भएको चिनियाँ समाचार एजेन्सी सिन्ह्वाले जनाएको छ । जमिनबाट ३ सय मिटर माथि रहेको पुलमा ९९ वटा सिसाका पाता प्रयोग गरिएको छ । जसको ३ वटा पत्र प्रयोग गरिएको छ । ६ मिटर चौडा पुललाई ईजरायली आर्कीटेक्ट हाएम डोटनले गरेका हुन् ।

साहासिक पयर्टनका लागी गन्तब्यको विस्तार गर्ने क्रममा पुल बनाईएको निर्माण टोलीले बताएको छ । जसमा सामुहिक योगा, विवाह, तथा बिभिन्न कार्यक्रम समेत गर्न सकिने छ । हरेक दिन ८ हजारका लागी पुल खुल्ला गरिने छ ।

 


प्रतिक्रिया