उडिरहेको एक विमानमा आगलागी

वैशाख ११, २०८० | काठमाडौं
संयुक्त राज्य अमेरिकाको ओहायोमा एक विमानमा आगो लागेको छ । ओहायोको कोलम्बस अन्तराष्ट्रिय विमानस्थलबाट आज बिहान फोनिक्सका लागि उडेको अमेरिकी एयरलाइन्सको बोइङ विमान उडेको केही मिनेटमै चरासँग ठोक्किएर आगो लागेको अन्तराष्ट्रिय संचारमाध्यमले जनाएका छन् ।
आगो लागेपछि चालकदलले विमानलाई सोही विमानस्थलमा सुरक्षित रुपमा अवतरण गराएका हुन् । विमानमा रहेको यात्रुहरुको एकीन विवरण भने खुलाएको छैन । विमानमा आगो लागेपछि विमानस्थलबाट अन्य उडानहरु अवरुद्ध भएको छ ।