विश्वकै होचा 'टिनएजर'

रेडियो कान्तिपुर संवाददाता

जेष्ठ १०, २०७९ | काठमाडौं

सिन्धुलीका डोरबहादुर खपांगी विश्वकै सबैभन्दा होचा 'टिनएजर' (किशोर)को रुपमा गिनिज बुक अफ वर्ल्ड रेकर्ड्समा आफ्नो नाम दर्ता गराएका छन् ।

गोलन्जोर गाउँपालिका–४ का १८ वर्षीय खपांगीको उचाइ ७३.४३ सेन्टिमिटर(२ फिट ४.९ इन्च) छ । 

यसअघि भारतकी ज्यो एमेगलाई सन् २००९मा सबैभन्दा होची टिनएजरको उपाधि दिइएको थियो । उनको उचाइ ६१.९५ सेमी थियो ।


प्रतिक्रिया