रक्सी पिउनेलाई लामखुट्टेले पनि नछाड्ने

चैत्र १०, २०७५ | काठमाडौं

रक्सी पिउने मानिसलाई लामखुट्टेले बढी टोक्ने एक अध्ययनले देखाएको छ । रक्सीमा हुने अक्टानल नामक रसायनका कारण रक्सी पिएको मानिसलाई लामखुट्टेले बढी टोक्ने अध्ययनले देखाएको हो । 

सामान्तया मानिसले सास फेर्दा निस्कने कार्बनडाई अक्साईडका कारण लामखुट्टेले मानिस पत्ता लगाएपनि अक्टानलले लामखुट्टेलाई बढी आकर्षित गर्छ ।

रगतमा रहेको नशाका कारण लामखुट्टेलाई भने असर नगर्ने अमेरिकी अनुसन्धान प्रतिवेदन जर्नल अफ मस्विटो कन्ट्रोल एसोसिएशनले उल्लेख गरेको छ । 

लाखौं वर्ष देखि मानिसको रगत चुस्न अभ्यस्त भएका कारण लामखुट्टेमा विकार पचाउने प्रणाली विकास भैसकेकोे अध्ययनले देखाएको छ ।

मानिस वा प्रकृतिबाट खराब तत्व किरा फट्याङ्ग्राले चुसेपनि त्यसलाई विकारका रुपमा निकाल्न सक्ने क्षमताका कारण लामखुट्टेमा रक्सीले असर नगर्ने लन्डनको नेचुरल हिस्ट्री म्युजियमले उल्लेख गरेको छ ।

यसैगरी, ओ ब्लड ग्रुपका मानिस प्रति लामखुट्टे बढी आकर्षित हुने भएकाले उनीहरु समेत लामखुट्टेको नजरमा हुन्छन् । गर्भवती, लामो सास फेर्ने ब्यक्तिलाई लामखुट्टेले बढी टोक्ने अध्ययन प्रतिवेदनमा उल्लेख छ । 


प्रतिक्रिया