बिरामी नहुने मानिस बसोबास गर्ने हुन्जा उपत्यका

रेडियो कान्तिपुर संवाददाता

कार्तिक २२, २०७३ | काठमाडौं

यो संसारमा विरामी नभई जीवनको उतरार्धमा पुगेको एकदम विरलै सुन्ने गरिन्छ ।  तपाईले कहिले विरामी नहुने मानिस बसोबास गर्ने स्थानका बारेमा सुन्नु भएको छ त ? तर यो सत्य हो ।

संसारमा यस्तो स्थान छ जहाँका मानिस  १ सय २० वर्षको उमेर पुग्दासम्म समेत विरामी पर्दैनन् । यस्तै, स्थानका बारेमा आज हामी तपाईलाई जानकारी दिदैछौं ।

उत्तरी पाकिस्तानको काराकोरमस्थित पहाडी क्षेत्रमा बुरुषो समुदायका मानिस हुन्जा उपत्यकामा बसोबास गर्छन् । सो उपत्यकामा बसोबास गर्ने मानिस कहिले विरामी नपर्ने एक अध्ययनले बताएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

अत्यन्त कम संख्यामा रहेका हुन्जा उपत्यकाका मानिस सबै भन्दा बढी जिउने, सुखी र स्वस्थ्य रहने अध्ययनले देखाएको छ । अनौठो कुरा त कतिपय रोगका बारेमा उनीहरुले सुनेका समेत छैनन् । क्यान्सर मुक्त मानिएको हुन्जाका बासिन्दाले अहिले सम्म क्यान्सर बारे नसुनको बताए । हुन्जा उपत्यकाका महिलाले ६५ वर्षको उमेरमा समेत बच्चा जन्माउने गरेको अध्ययनले देखायो ।

८७ हजारको संख्यामा रहेका हुन्जाका मानिस अत्यन्त शिक्षित समेत रहेको बताइएको छ । हुन्जा बासिन्दा भने आफुहरुको लामो आयु ओखरको खुराकको कमाल भएको बताउँछन् । ७० वर्ष सम्म पनि जवानै देखिने त्यहाँका मानिस सामान्यतया १ सय २० वर्ष सम्म बाँच्ने गरेका छन् । आफ्नो आहारमा ध्यान दिने भएकाले त्यस क्षेत्रका मानिसको सामान्य आयु लामो भएको बैज्ञानिकले समेत पुष्टि गरेका छन् ।   

 


प्रतिक्रिया