इरानी सर्वोच्च नेता खामेनीद्वारा सेनाको बचाउ

माघ ३, २०७६ | काठमाडौं

मिसाईल प्रहार गरी यक्रेनी हवाईजहाज खसालेको भन्दै सर्वत्र आलोचना खेपिरहेको इरानी सेनाको सर्वोच्च नेता अयातोल्लाह खामेनीले बचाउ गर्नुभएको छ । 

शुक्रबारको प्रार्थनापछि राष्ट्रका नाममा सम्बोधन गर्ने क्रममा दुर्घटनाको मुख्य दोषी मानिएको रिभोलुस्नरी गार्डको बचाउ गर्दै खामेनीले उसले सदैवमा मुलुकमा सुरक्षा कायम राखेको दाबी गर्नुभयो । 

गत जनवरी ८ मा तेहरानबाट युक्रेनको राजधानी किभका लागि उडेको विमान दुर्घटना हुँदा त्यसमा सवार सबै १ सय ७६ जनको मृत्यु भएको थियो । 

विमानमा ८२ इरानी, ६३ क्यानडेली, ११ युक्रेनी, १० स्वीडीस, ७ अफ्गानी र ३ बेलायती सवार थिए ।

दुर्घटनाको केही दिनपछि मात्र इरानी सेनाले घटनामा जिम्मेवार रहेको स्वीकारेको थियो । त्यसयता इरानमा सरकार विरोधी प्रदर्शन जारी छ ।

यसैबीच, दुर्घटनामा आफ्ना नागरिक गुमाएका ५ वटै मुलुकले निश्पक्ष र पारदर्शी अन्तर्राष्ट्रिय छानविनमा सहकार्य गर्न इरानलाई आग्रह गरेका छन् । 

बेलायतमा ५ वटै मुलुकका विदेशमन्त्रीस्तरीय बैठकपछि उनीहरुले छानविनमा सहयोग गर्न इरानलाई आग्रह गर्दै यसको इरानले क्षतिपूर्ति भर्नैपर्ने बताएका छन् । 


प्रतिक्रिया