मध्य पूर्वमा शान्ति स्थापनाका लागि ट्रम्पको प्रस्ताव

माघ १५, २०७६ | .

अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले मध्य पूर्वमा शान्ति स्थापनाका लागि प्रस्ताव पेश गर्नुभएको छ । बह्प्रुतिक्षित मानिएको सो प्रस्तावमा राष्ट्रपति ट्रम्पले इजेरेल र प्यालेष्टाइनबीच विवादीत जेरुसेलमलाई इजरेलकै अविभाज्य राजधानीकै रुपमा कायम गर्ने योजना प्रस्तुत गर्दै उहाँले वेष्ट बैक समस्या समाधानको लागि समेत आग्रह गर्नुभएको छ।

 प्यालेष्टाइन र इजरेलको सार्वभौमिकताको सम्मान गर्नुपर्नेमा ट्रम्पले जोड दिनुभएको छ । तर प्यालेष्टाइनका राष्ट्रपति महमुद अब्बासले षड्यन्त्रपूर्ण प्रस्ताव स्वीकार्य नरहेको बताउनुभएको छ । इजरेलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले भने हृवाइट हाउसको प्रस्ताव शान्ति स्थापनाका लागि अन्तिम प्रयास भएको बताउनुभएको छ । 


प्रतिक्रिया