बेलायत लकडाउन

रेडियो कान्तिपुर संवाददाता

चैत्र ११, २०७६ | एजेन्सी

कोरोना संक्रमण फैलने क्रम बढ्दै गएपछि बेलायतले ३ साताका लागि लकडाउन गरेको छ । प्रधानमन्त्री बोरिस जोनसनले सोमबार मध्यरातीदेखि लागू हुने गरी लकडाउन घोषणा गर्नुभएको हो ।

 बेलायत सरकारले आफ्ना सबै नागरिकलाई घरबाहिर ननिस्कन भनेको छ । औषधी लगायत अत्यावश्यकीय सामाग्री खरिदका लागि मात्रै बाहिर निस्कन पाउने व्यवस्था गरेको छ । 

२ जनाभन्दा बढी भेला हुन प्रतिबन्ध लगाइएको छ । अत्यावश्यक सेवामा काम गर्ने कर्मचारी वाहेक अरुलाई पनि घरमै बस्न निर्देशन दिइएको छ । लकडाउन उल्लंघन गरे कारवाही गर्ने चेतावनी दिएको छ ।


प्रतिक्रिया