सिंगापुरमा शत्तारुढ पार्टी विजयी, विपक्षीको मात्रै १० सिट

असार २७, २०७७ | काठमाडौं

सिंगापुरमा सम्पन्न आम निर्वाचनमा सत्तारुढ पिपल्स एक्सन पार्टी ९पीएपी०ले दुई तिहाई भन्दा बढी सिटमा जित हासिल गरेको छ । प्रधानमन्त्री ली सेन लूङको पार्टी पीएपीले कुल ९३ सिटमध्ये ८३ सिटमा विजय हासिल गरेको हो । यस्तै विपक्षी वकर्स पार्टीले मात्रै १० सिटमा जित हासिल गरेको बीबीसीले उल्लेख गरेको छ । 

सिंगापुरको सत्तारुढ पिपल्स एक्सन पार्टी सन् १९५९ देखि सरकारको नेतृत्वमा छ । सो पार्टीले सन् १९६५ मा सिंगापुर स्वतन्त्र हुनुपूर्वदेखि नै त्यहाँको सरकारको नेतृत्व गरिरहेको छ । यसअघि सन् २०१५ मा भएको आम चुनावमा पीएपीले ८९ मध्ये ८३ सिटमा जित हात पारेको थियो ।

 कोरोना महामारीबीच गत असार ९ गते सिंगापुरको संसद् विघटन भएको थियो । सिंगापुरकी राष्ट्रपति हालिमा याकुबले प्रधानमन्त्री ली कै सिफारिसमा संसद् विघटन गर्नुभएको थियो । 


प्रतिक्रिया