ऐश्वर्या र आराध्यामा पनि कोरोना संक्रमण पोजेटिभ

असार २८, २०७७ | काठमाडौं

भारतका चर्चित बच्चन परिवारका ४ जनामा कोरोना भाइरस संक्रमण पोजेटिभ देखिएको छ । अभिनेता अमिताभ बच्चन, अभिषेक ऐश्वर्या र उनकी छोरी आराध्यालाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो । उनीहरु सबै अस्पतालको निगरानीमा छन् । यद्यपी एकै परिवारमा भएपनि जया बच्चनमा भने कोरोना संक्रमण नेगेटिभ पाइएको छ ।

अस्पतालले सबैको अवस्था स्थिर रहेको जनाएको छ । विश्वमा संक्रमणको दरमा तेश्रो स्थानमा रहेको भारतमा ८ लाख २० हजार ९ सय १६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । सबैभन्दा बढि प्रभावित मध्येको महाराष्ट्र राज्यमा २ लाख ३८ हजार बढिमा संक्रमण भेटिएको छ । 


प्रतिक्रिया