कोरोनाका कारण विश्वभर ५ लाख ६८ हजार ३१९ जनाको मृत्यु

तस्बिर : रोयटर्स 

असार २८, २०७७ | काठमाडौं

विश्वभर कोरोना भाइरस संक्रमितको कुल संख्या एक करोड, २८ लाख ७४ हजार १३७ जना पुगेको छ । वल्र्ड ओ मिटरका अनुसार संक्रमणकै कारण हालसम्म ५ लाख ६८ हजार ३१९ जनाको ज्यान गएको छ । ७५ लाख ३ हजार ३० जना संक्रमणमूक्त भएर घर फर्किएका छन् । 

संक्रमणका कारण अमेरिका सबैभन्दा बढी प्रभावित ३३ लाख ५६ हजार २ सय ४२ जना संक्रमित भएका छन् एक लाख ३७ हजार ४ सय १४ जनाको ज्यान गएको छ । यस्तै ब्राजिलमा १८ लाख ४० हजार ८ सय १२ जना संक्रमित भएका छन् भने ७१ हजार ४ सय ९२ जनाको मृत्यु भइसकेको छ । 

यस्तै संक्रमणको हिसावले भारत तेस्रो स्थानमा छ त्यहाँ ८ लाख ५४ हजार ४ सय ८० जना संक्रमित भएका छन् भने २२ हजार ७ सय १८ जनाको संक्रमणको कारण ज्यान गएको छ । 


प्रतिक्रिया