अमेरिकामा बेरोजगारी दर मार्चयताकै न्यून

श्रावण ३०, २०७७ | काठमाडौं

अमेरिकामा बेरोजगारी दर गत मार्च पछिकै न्युन अवस्थामा पुगेको छ । हाल अमेरिका भर ९ लाख ६३ हजार मानिस बेरोजगार रहेको त्यहाँको श्रम विभागले उल्लेख गरेको छ । 

गत मार्चमा ६९ लाख मानिसले रोजगारी गुमाएको अमेरिकी श्रम विभागको तथयांक छ । गत जुलाइमा ५ मध्ये १ अमेरिकीको मात्रै रोजगारी सुरक्षित रहेको अवस्थामा हाल सुधार आएको दाबी गरिएको छ । सन् १९८२ मा अमेरिकामा बेरोजगारी दर उच्च रहेको थियो । 

सन् २००७ देखी २००९ को आर्थिक मन्दीका समय बेरोजगारी दर १४ दशमलव ७ प्रतिशतमा पुगेको थियो । सो बेरोजगारी दर नै नै आधुनिक अमेरिकाको उच्च थियो । 

अमेरिका सरकारले रोजगारी गुमाएका जनतालाई सातामा ६ सय डलर सम्म बेरोजगारी भत्ता दिने योजना सार्वजनिक गरेको छ । 


प्रतिक्रिया