कोरोना संक्रमण बढ्दै जादा युरोपमा थप कडाई

आश्विन २८, २०७७ | काठमाडौं

कोरोना भाइरसको संक्रमण पुन: बढ्न थालेपछि युरोपमा विभिन्न कडाई गर्न थालिएको छ ।

चेक रिपब्लिकले ३ साताका लागि आंशिक लकडाउन गरेको छ । त्यहाँका विद्यालय, बार, क्लव लगायत बन्द गरिएको छ । नेदरल्याण्ड्सले पनि आंशिक लकडाउनको घोषणा गर्दै सार्वजनिक स्थानमा मास्कको प्रयोग अनिवार्य गरेको छ । फ्रान्समा संक्रमितको संख्या बढ्दै जादा पेरिसका ९० प्रतिशत आईसियू बेड भरिएका छन् । 

राष्ट्रपति इम्यानुअल म्याक्रोले आज थप प्रतिबन्धको घोषणा गर्नुहुने छ । अष्ट्रिया, इटली लगायत मुलुकले पनि उच्च सावधानी अपनाएको बीबीसीले उल्लेख गरेको छ ।

विश्वभर कोरना संक्रमण तीब्र रुपमा फैलिरहेको छ । हालसम्म ३ करोड ८० लाख ४१ हजार बढीमा कोरोना संक्रमण पुष्टि हुँदा १० लाख ८४ हजार ८ सय बढीले ज्यान गुमाईसकेका छन् । २ करोड ६३ लाख ८८ हजार ६ सय बढी निको भएको अमेरिकाको न जोन हप्किन्स विश्वविद्यालयको तथ्यांकमा उल्लेख छ । 


प्रतिक्रिया