ब्राजिलको मनाउस शहरका अस्पतालमा अक्सिजनको चरम अभाव

माघ २, २०७७ | काठमाडौं

ब्रजिलको मनाउस शहरका अस्पतालमा कोभिड–१९ का संक्रमितका लागि आवश्यक अक्सिजनको चरम अभाव भएको छ । स्वास्थ्यमन्त्री मार्सेलस क्याम्पेलोले स्थानीय तहमा उत्पादन गर्न सक्ने क्षमताभन्दा तीनगुणा बढी अक्सिजन आवश्यक परेको भन्दै सहयोगको लागि आह्वान गर्नुभएको छ । 

स्वास्थ्यकमीहरुले अक्सिजनको अभावमा धेरै मानिसको मृत्यु हुनसक्ने चेतावनी दिएको बीबीसीले उल्लेख गरेको छ । आईसीयू शैयाको पनि अभाव भएकाले गम्भीर प्रकृतिका बिरामीलाई हवाईमार्गबाट उपचारका लागि अन्यत्र लैजान थालिएको स्वास्थ्य अधिकारीहरूले जनाएका छन् । ब्रजिलमा अहिलेसम्म दुई लाख पाँच हजार जनाको संक्रमणका कारण मृत्यु भइसकेको छ ।


प्रतिक्रिया